Saturday, September 29, 2012

फूलको व्यवसायबाट ५ हजारलाई रोजगारी

काठमाण्डौं । आम्दानीको नयाँ स्रोतको रुपमा देखिएको पुष्प व्यवसायमा ५
हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको फ्लोरिकल्चर सहकारी संस्था
लिमिटेडले जनाएको छ । गर्त आर्थिक बर्षसम्म तीनसय ३५ जना पुष्प उत्पादन
र्फम तथा नर्सरी र पुष्प पसलमा काम गर्नेहरुले यस्तो रोजगारी पाएका छन् ।
'पाँच हजार जनशक्तिले कम्तीमा २० हजार आश्रति जनसंख्याको दैनिकी
धानिरहेका छन्,' सहकारीका प्रबन्ध निर्देशक तथा कोषाध्यक्ष दिलीप बादेले
भने, 'अन्य अप्रत्यक्ष रोजगारी पाउनेसमेत गरी ४० हजारको रोजगारी पुष्प
व्यवसायले धानेको छ ।' सहकारीले पुष्प व्यवसायीलाई थप व्यवसायीक बनाउन
सहयोग पनि गर्दै आएको खबर कारोबार दैनिकले छापेको छ । अहिले काठमाण्डौं र
काभ्रेका व्यवसायीलाई समेटेपनि चाँडै देशभरका व्यवसायीसँग सहकार्य गर्ने
वादेले बताएका छन् ।

Friday, September 28, 2012

Monday, September 17, 2012

हिन्दु नारीहरुको महान् चाड हरिलातिका तीज आज मनाइँदै

२ असोज, काठमाडौ । आज हिन्दु नारीहरूको महान् चाड, हरितालिका तीज,
सम्पूर्ण हिन्दु नारीहरूले मनाउँदै छन् । बिहानैदेखी पशुपतिनाथ र अन्य
क्षेत्रका शिव मन्दिरहरूमा गएर पुजाआजा गर्दै विवाहित तथा अविवाहित
महिलाहरुले दिनभर निराहार ब्रत बसी मनाउँदै छन् ।
आजको दिनमा विवाहित महिलाहरूले आफ्नो पतिको दिर्घायुको कामना गर्दै ब्रत
बस्छन् भने अविवाहित महिलाहरूले सुयोग्य पतिको कामना गर्दै ब्रत बस्ने
गर्छन् । आजको दिनमा महिलाहरू मठ मन्दिर, घरहरूमा भेला भई नाचगान सहित
रमाइलो गर्ने गर्छन् । दिनभर निराहार बस्नु परने भएकाले महिलाहरुले यो
चाड पूर्व अर्थात अघिल्लो दिन राती दर खाने गर्छन् । दिनभर ब्रत बस्न
गार्हो नहोस् भन्नका लागी पनि राती दर खाने प्रचलन रहेको हो ।
पहिले पहिलेका तीजहरू भन्दा आजकलका तिजमा पुरूषहरुको सहभागिता बढ्दै गएको
छ । पुरूषहरू पनि आजकल महिलाहरुको तीजमा हुने कार्यक्रममा सहभागी भएर
रमाइलो गर्ने गरेका छन् ।
तीजको पावन अवसरमा सम्पूर्ण हिन्दु महिलाहरुलाई हार्दिकमङगलमय शुभकामना...
Co