Tuesday, January 29, 2013

१६ माघ, काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले
चलचित्रकर्मीहरुको मागप्रति समर्थन जनाउँदै आन्दोलनलाई अझै सशक्त बनाउन
सुझाव दिनुभएको छ । चलचित्र विकास बोर्डमा धर्ना तथा अनसनमा बसेका
चलचित्रकर्मीहरुलाई भेटेरओलीले उनीहरुको आन्दोलनमा पार्टीको तर्फबाट
ऐक्यबद्धता जनाउनुभएको छ । मंगलबार दिउँसो आन्दोलनरत चलचित्रकर्मीहरुलाई
भेटेरओलीले आन्दोलनलाई आफूहरुले पनि सहयोग रहने वचन दिनुभयो ।
हरेक क्षेत्रलाई कार्यकर्ता भर्तीको केन्द्र बनाउने सत्तारुढ दलको नीति
चलचित्र क्षेत्रमा पनि भएको भन्दै ओलीले आपत्ति जनाउनुभयो ।ओलीले
भन्नुभयो-'सद्धे मान्छेलाई समेत धुलो पारेर कुट्दा पनि मरेन भनेर गाड्ने
जातकाहरुले तपाईंहरुको माग पूरा गर्छन् जस्तो मलाई लाग्दैन'पत्रकार
डेकेन्द्र थापाको प्रसंग निकाल्दै ओलीले भन्नुभयो । उहाँले
चलचित्रकर्मीहरुको जायज मागलाई सम्बोधन नगरी दुःख दिएको भन्दै सरकारको
विरोध पनि गर्नुभयो ।
आन्दोलनमा सम्बोधन गर्नुअघि ओलीले सोमबार १२ बजेदेखि रिले अनशनमा बसेका
कलाकारहरुलाई जुस खुवाएर अनशन तोडाएका थिए । उनले नायिकाहरु केकी
अधिकारी, पि्रयंका कार्की, बिनिता बराल, नायक बाबु बोगटी, निर्माता राजेश
घतानी, कलाकार आकाश खवासलाई जुख खुवाएर रिले अनशन तोडाउनुभएको हो ।
६ जना चलचित्रकर्मी आमरण अनशनमा
रिले अनशनमा बस्दा समेत सरकारले मागमा सुनुवाई नगरेपछि ६ जना
चलचित्रकर्मीहरु आमरण अनशनमा बसेका छन् । निर्देशक बिमल पौडेल, नायक
मुकेश ढकाल, निर्देशक एम.एस अंग्रज, कलाकार निला बस्नेत, प्राविधिक संघका
महासचिव अनन्त तिमिल्सिना, निर्देशक सूर्य रेग्मी आमरण अनसनमा बसेका हुन्
। शहीद दिवसको दिनमा आमरण अनशनमा बसेको भन्दै चलचित्रकर्मीहरुले चलचित्र
उद्योगका लागि आफुहरु शहीद हुन पनि तयार रहेको बताएका छन् ।