Thursday, February 14, 2013

कोरिया गएका सयौं नेपाली शरणार्थी बन्दै, बैंकबाट आयो डेढ अर्ब रेमिट्यान्स

४ फागुन, काठमाण्डौं । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण
कोरिया पुगेका धेरै नेपालीले शरणार्थीमा निवेदन दिन थालेपछि कोरियाली
सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत नेपाललाई उपलब्ध गराउँदै
आएको कोटा नबढाउने भएको छ । कोरियाका साना तथामझौला उद्योगमा नेपाली
कामदारको माग प्रत्येक बर्ष गए पनि शरणार्थी बन्ने डरले कोटा नथप्ने
निष्कर्षमा सरकार पुगेको हो ।
कोरियास्थित नेपाली दूतावासका अधिकारीले दिएको जानकारी अनुसार नेपाली
कामदारकै कारण आवश्यकताअनुसार नेपाली कामदारको माग नबढ्ने भएको हो ।
कोरियाका लागि नेपाली राजदूत कामनसिंह लामाले नेपालीले शरणार्थीमा निवेदन
दिने र आफूले काम गर्न भनी गएको कम्पनीको स्वीकृतविना अर्को कम्पनीमा
जाने गरेका कारण समस्या बढेको जानकारी दिए । एउटा कम्पनीको लागि भनेर
आउने व्यक्ति अर्को कम्पनीमा जाँदा धेरै नेपाली अवैधानिक हुने र त्यहाँ
बस्नकै लागि शरणार्थीको आवेदन दिने गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

कोरियन बैंकमार्फत डेढ अर्ब रेमिट्यान्स
कोरियामा रोजगार गर्न आएका नेपाली कामदारले सन् २०१२ मा कोरियन एक्सचेन्च
बैंकमार्फत १ अर्ब ६० करोड रुपैयाँ नेपाल पठाएका छन् । कोरियाबाट वैधानिक
तवरले नेपाल भित्रिएको योहालसम्मकै ठूलो रकम हो । गत बर्ष सेप्टेम्बर १६
मा कोरियन एक्सचेन्ज बैंक (केइबी) र नबिलबीच भएको सम्झौतापछि यस बैंकबाट
नेपाली कामदारले पैसा पठाउन सुरु गरेका हुन् ।
बैंकको तथ्याङ्कअनुसार त्यहांस्थित ७ हजार ८सय ३६ नेपाली कामदारले खाता
खोलेका छन् । मासिक एक हजार जनाले बैंकमार्फत पैसा नेपाल पठाउने गरेका
छन् । केइवीले भाषा समस्याका कारण नेपाली ग्राहकसम्म पुग्न ढिलो भएको
बताइएको छ । नेपाल सरकारले रेमिट्यान्स ब्यबस्थापनका लागि अनुरोध गर्ने
योजना बनाएको भएपनि अहिलेसम्म त्यो काम हुन नसकेको कान्तिपुर दैनिकले
छापेको छ । करिव ३० हजारको संख्यामा रहेका नेपालीहरुले त्यहांस्थित बैंक
र हुण्डीमार्फत् नेपालमा पैसा पठाउने गरेका छन् ।

न्यायाधीश बमका हत्यारा दुबई र मलेसियामा

४ फागुन, काठमाण्डौं । सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर
बमका हत्यारा विदेशमा लुकेर बसिरहेको खुलासा भएको छ । सशस्त्र प्रहरीबाट
हतियारसहित पक्राउ परेको एक अभियुक्तले न्यायाधीश बमका हत्यारा दुबई र
मलेसियामा रहेको बयान दिएपछि यो रहस्य खुलेको हो ।
सशस्त्र प्रहरीको विशेष टोलीले बिहीबार दिउँसो १ बजे सुन्धाराबाट एकथान
पेस्तोल र त्यसमा प्रयोग हुने दुई थान गोली तथा म्याग्जिनसहित सप्तरीका
पृथ्वीचन्द्र चौधरीलाई पक्राउ गरेको थियो । उनीसँगको प्रारम्भिक बयानमा
सो बयान आएको प्रहरी स्रोतले जनाएको खबर राजधानी दैनिकमा खबर छ ।
सशस्त्र प्रहरी हल्चोकको विशेष टोलीले सुन्धारास्थित सिभिल मलको पाँचौ
चलामा रहेकोफुर्कोट रेस्टुरेन्टबाट उनलाई पक्राउ गरिएको थियो ।

Wednesday, February 13, 2013

प्रकृतिमा प्रेमको चिनो(फोटोफिचर सहित)

मुटुको आकृतिलाई प्रेमको प्रतिक मानिन्छ । वास्तवमामाया प्रेम भन्ने कुरा
हृदयमाहुने भएकाले होला मुटुलाई प्रेमको प्रतिकमानिने गरेको । प्रेम
मुटुबाटै प्रस्फुटित हुन्छ । तथापि यो संसार नै प्रेममय छ । यहाँका हरेक
पदार्थमा प्रेम लुकेको छ । वास्तवमाप्रकृति प्रेमले भरिपूर्ण छ । त्यसैले
होलाप्रकृतिमा केहीत्यस्ताआकृतिहरु देखिन्छन् जो ठ्याक्कै मायाको चिनो
अर्थात् मुटुको आकारका हुन्छन् । यहाँ प्रस्तुतगरिएको अस्टेलियाको मेकपिस
टापु तथा अमेरिकाको नेभादामा रहेको चट्टानी क्षेत्र देखि लिएर
विभिन्नजनावरको सरीरमा रहेका प्रेमकाचिनोहरु यसकै उदाहरण हुन् ।