Thursday, February 14, 2013

कोरिया गएका सयौं नेपाली शरणार्थी बन्दै, बैंकबाट आयो डेढ अर्ब रेमिट्यान्स

४ फागुन, काठमाण्डौं । वैदेशिक रोजगारका लागि आकर्षक मानिएको दक्षिण
कोरिया पुगेका धेरै नेपालीले शरणार्थीमा निवेदन दिन थालेपछि कोरियाली
सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्र्तगत नेपाललाई उपलब्ध गराउँदै
आएको कोटा नबढाउने भएको छ । कोरियाका साना तथामझौला उद्योगमा नेपाली
कामदारको माग प्रत्येक बर्ष गए पनि शरणार्थी बन्ने डरले कोटा नथप्ने
निष्कर्षमा सरकार पुगेको हो ।
कोरियास्थित नेपाली दूतावासका अधिकारीले दिएको जानकारी अनुसार नेपाली
कामदारकै कारण आवश्यकताअनुसार नेपाली कामदारको माग नबढ्ने भएको हो ।
कोरियाका लागि नेपाली राजदूत कामनसिंह लामाले नेपालीले शरणार्थीमा निवेदन
दिने र आफूले काम गर्न भनी गएको कम्पनीको स्वीकृतविना अर्को कम्पनीमा
जाने गरेका कारण समस्या बढेको जानकारी दिए । एउटा कम्पनीको लागि भनेर
आउने व्यक्ति अर्को कम्पनीमा जाँदा धेरै नेपाली अवैधानिक हुने र त्यहाँ
बस्नकै लागि शरणार्थीको आवेदन दिने गरेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ

कोरियन बैंकमार्फत डेढ अर्ब रेमिट्यान्स
कोरियामा रोजगार गर्न आएका नेपाली कामदारले सन् २०१२ मा कोरियन एक्सचेन्च
बैंकमार्फत १ अर्ब ६० करोड रुपैयाँ नेपाल पठाएका छन् । कोरियाबाट वैधानिक
तवरले नेपाल भित्रिएको योहालसम्मकै ठूलो रकम हो । गत बर्ष सेप्टेम्बर १६
मा कोरियन एक्सचेन्ज बैंक (केइबी) र नबिलबीच भएको सम्झौतापछि यस बैंकबाट
नेपाली कामदारले पैसा पठाउन सुरु गरेका हुन् ।
बैंकको तथ्याङ्कअनुसार त्यहांस्थित ७ हजार ८सय ३६ नेपाली कामदारले खाता
खोलेका छन् । मासिक एक हजार जनाले बैंकमार्फत पैसा नेपाल पठाउने गरेका
छन् । केइवीले भाषा समस्याका कारण नेपाली ग्राहकसम्म पुग्न ढिलो भएको
बताइएको छ । नेपाल सरकारले रेमिट्यान्स ब्यबस्थापनका लागि अनुरोध गर्ने
योजना बनाएको भएपनि अहिलेसम्म त्यो काम हुन नसकेको कान्तिपुर दैनिकले
छापेको छ । करिव ३० हजारको संख्यामा रहेका नेपालीहरुले त्यहांस्थित बैंक
र हुण्डीमार्फत् नेपालमा पैसा पठाउने गरेका छन् ।

No comments:

Post a Comment