Nepallovelypicture Blog is a image gallery oriented blog that includes various photos and images of Nepal that reflects different aspects of Nepal such as culture, nature, tradition, heritage, adventure, lifestyle, portraits etc. in terms of photographs and images.
Thursday, September 6, 2012
Wednesday, September 5, 2012
टुरिष्ट भिषामा नेपालीलाई खाडी जान प्रतिबन्ध
२० भदौ, काठमाण्डौ । नेपालले टुरिष्ट भिषामा नेपाली नागरिकहरुलाई खाडी मुलुकहरुमा जान प्रतिबन्ध लगाएको छ ।
युरोप, अमेरिका र अन्य बिभिन्न मुलुकमा पठाउने भन्दै मानवतस्करहरुले नेपाली कामदारलाई भिजिट भिषामा खाडी मुलुकहरुमा पुर्याउने र अलपत्र पार्ने क्रम बढेपछि अध्यागमन बिभागले यस्तो प्रतिबन्ध लगाएको हो । केही समय प्रतिबन्ध लगाएर त्यसको प्रभाव अध्ययन गरिने बिभागका महानिर्देशक सुरेश अधिकारीले जानकारी दिनुभयो ।
हरेक दिन खाडी मुलुकमा जाने नेपालीमध्ये करिव १० देखि १५ प्रतिशत टुरिष्ट भिषामा जाने गरेका छन् । उनीहरुलाई इराक, अफगानिस्तान, मकाउ, अमेरिका तथा युरोपेली मुलुक पठाउने भन्दै मानव तस्करहरुले लैजाने गरेका छन् । यो निर्णयबाट युएई, कतार, साउदी अरव, कुवेत, ओमान, बहराइन लगायतका मुलुकमा जाने नेपालीहरु प्रभावित हुनेछन् ।
मानव तस्करहरुले भारतीय बिमानस्थल हुँदै नेपालीकामदारहरुलाई खाडी मुलुक लैजाने गरेपनि नेपाल सरकारको अनुरोधमा त्यहाँको प्रशासनले नेपालीलाई टुरिष्ट भिषामा यात्रा गर्न कडाई गर्दै आएको छ ।
बैदेशिक रोजगारीमा देखिएका समस्या र ठगी रोक्न सरकारले हालै एक उच्चस्तरीय समिति र टास्कफोर्स गठन गरेको थियो ।

Subscribe to:
Posts (Atom)