Wednesday, September 5, 2012

टुरिष्ट भिषामा नेपालीलाई खाडी जान प्रतिबन्ध

२० भदौ, काठमाण्डौ । नेपालले टुरिष्ट भिषामा नेपाली नागरिकहरुलाई खाडी मुलुकहरुमा जान प्रतिबन्ध लगाएको छ ।
युरोप, अमेरिका र अन्य बिभिन्न मुलुकमा पठाउने भन्दै मानवतस्करहरुले नेपाली कामदारलाई भिजिट भिषामा खाडी मुलुकहरुमा पुर्‍याउने र अलपत्र पार्ने क्रम बढेपछि अध्यागमन बिभागले यस्तो प्रतिबन्ध लगाएको हो । केही समय प्रतिबन्ध लगाएर त्यसको प्रभाव अध्ययन गरिने बिभागका महानिर्देशक सुरेश अधिकारीले जानकारी दिनुभयो ।
हरेक दिन खाडी मुलुकमा जाने नेपालीमध्ये करिव १० देखि १५ प्रतिशत टुरिष्ट भिषामा जाने गरेका छन् । उनीहरुलाई इराक, अफगानिस्तान, मकाउ, अमेरिका तथा युरोपेली मुलुक पठाउने भन्दै मानव तस्करहरुले लैजाने गरेका छन् । यो निर्णयबाट युएई, कतार, साउदी अरव, कुवेत, ओमान, बहराइन लगायतका मुलुकमा जाने नेपालीहरु प्रभावित हुनेछन् ।
मानव तस्करहरुले भारतीय बिमानस्थल हुँदै नेपालीकामदारहरुलाई खाडी मुलुक लैजाने गरेपनि नेपाल सरकारको अनुरोधमा त्यहाँको प्रशासनले नेपालीलाई टुरिष्ट भिषामा यात्रा गर्न कडाई गर्दै आएको छ ।
बैदेशिक रोजगारीमा देखिएका समस्या र ठगी रोक्न सरकारले हालै एक उच्चस्तरीय समिति र टास्कफोर्स गठन गरेको थियो ।

No comments:

Post a Comment