Wednesday, September 12, 2012

Teej

आउन पाईन तिजमा लिन
चित्त नदुखाउनु है दिदी ।
घरमा छैन भाई भनी आफै
जानी माईतिघर जानु है
दिदी।।
बुढा बुढी बुवा आमा एक्लो महशुस
ग्रनुहोला फेरी मेरी दिदी ।
जति रुवाउनु मैले रुवाए
हजुरले नरुवाउनु है
दिदी ।।
घरै बस्ने रहर
मेरो भाग्यले साथ नदिए
पछि दिदी।
बुवा आमाको खाली पनलाई
र्बिसाउनु है दिदी ।।
यो तिजमा आउन पाईन
अर्को तिजमा आउला लिन
दिदी ।
मिठो मसिनो जे हुन्छ
आमाले दिएको खानु है
दिदी ।।
आउन पाइन तिजमा लिन
चित्त नदुखाउनु है दिदी।
घरमा छैन भाई भनी आफै
जानी माइघर जानु है
दिदी ।। —

No comments:

Post a Comment