Saturday, September 29, 2012

फूलको व्यवसायबाट ५ हजारलाई रोजगारी

काठमाण्डौं । आम्दानीको नयाँ स्रोतको रुपमा देखिएको पुष्प व्यवसायमा ५
हजार नेपालीले प्रत्यक्ष रोजगारी पाएको फ्लोरिकल्चर सहकारी संस्था
लिमिटेडले जनाएको छ । गर्त आर्थिक बर्षसम्म तीनसय ३५ जना पुष्प उत्पादन
र्फम तथा नर्सरी र पुष्प पसलमा काम गर्नेहरुले यस्तो रोजगारी पाएका छन् ।
'पाँच हजार जनशक्तिले कम्तीमा २० हजार आश्रति जनसंख्याको दैनिकी
धानिरहेका छन्,' सहकारीका प्रबन्ध निर्देशक तथा कोषाध्यक्ष दिलीप बादेले
भने, 'अन्य अप्रत्यक्ष रोजगारी पाउनेसमेत गरी ४० हजारको रोजगारी पुष्प
व्यवसायले धानेको छ ।' सहकारीले पुष्प व्यवसायीलाई थप व्यवसायीक बनाउन
सहयोग पनि गर्दै आएको खबर कारोबार दैनिकले छापेको छ । अहिले काठमाण्डौं र
काभ्रेका व्यवसायीलाई समेटेपनि चाँडै देशभरका व्यवसायीसँग सहकार्य गर्ने
वादेले बताएका छन् ।

No comments:

Post a Comment