Saturday, May 11, 2013

हरिद्वार गएका हजुरबा हराए

२८ बैशाख, काठमाडौं । तीर्थ गर्न भारत गएका धादिङ नलाङका बृद्ध
हरिद्वारबाट बेपत्ता भएका छन् । नलाङ ६ बुङचुङ निवासी अन्दाजी ७५ वर्षीय
यमनाथ तिमिल्सिना शुक्रबारदेखि बेपत्ता हुनुभएको हो ।
'हरिद्वारमा श्राद्ध गरेर फर्कने क्रममा उहाँ हराउनुभएको हो' सँगै तीर्थ
गएका उहाँका भतिजा टंकनाथ शर्मा तिमिल्सिनाले अनलाइनखबरलाई जानकारी
दिनुभयो-'बा हराए लगत्तै यहाँको स्थानीय प्रहरीमा जाहेरी दिएका छौं, तर
अहिलेसम्म पत्तो लागेको छैन ।'
हराएका बृद्धको खोजी गर्न त्यहाँ रहेका नेपालीहरुसँग पनि सम्पर्क भैरहेको
अर्का भतिजा रामप्रसाद तिमिल्सिनाले जानकारी दिनुभयो । नीलो टिसर्ट, ढाका
टोपी, सुरुवाल र चप्पल लगाएका बृद्धलाई भेटेमा ९१९८३५२२६८८० वा
९१७४०९८८९९६७ वा ९१८२६६९९००९५ मा सम्पर्क गर्न आफन्तजनले अनुरोध गरेका
छन् ।
सँगै गएका बृद्ध हराएपछि अरु तीर्थयात्री हरिद्वारमै अलपत्र भएर बसेका
छन् । चार धाम तीर्थयात्राको लागि धादिङ नलाङबाट अघिल्लो हप्ता ५०
जनाभन्दा बढीको टोली भारततर्फ गएको हो । मथुरा हुँदै हरिद्वारबाट बदि्र,
केदार जाने क्रममा बृद्ध यमनाथ बेपत्ता हुनुभएको हो ।

No comments:

Post a Comment