Friday, May 17, 2013

संसदले राजतन्त्र फर्काउन सक्छ : देवकोटा

३ जेठ, काठमाडौं । शुक्रबारबाट राजधानीमा सुरु भएको पूर्वपञ्चहरुको
पार्टी भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति
पार्टीको एकता महाधिवेशनमा राजतन्त्रको समेत चर्चा भएको छ ।
भृकुटीमण्डपमा भएको उद्घाटन समारोहमा वरिष्ठ नेता राजेश्वर देवकोटाले
नेपालमा राजतन्त्र र्फकन सक्ने बताउनुभएको छ । संसदले हटाएको राजतन्त्र
संसदले फर्काउन सक्ने उहाँको दाबी छ ।
स्पेनलगायतका देशमा राजतन्त्र फर्किएको उदाहरण दिँदै देवकोटाले एउटा
संसदले फालेको राजतन्त्र अर्को संसदले फर्काउन सक्ने बताउनुभयो । 'कुनै
पनिबेला परिस्थितिले राजतन्त्रलाई फेरि ल्याउन सक्छ । तर, ल्याउनका लागि
म आफैं अघि सरेको हैन' उहाँलेभन्नुभयो-'म शक्तिमा भएको भए राजतन्त्र जान
नै दिने थिइँन् । शक्तिमा नभएकाले ल्याउँछु भनेर भन्न सक्दिँन ।' संसदको
एउटा बैठकले राजतन्त्र अन्त्यको घोषणा गर्दैमा र्फकने ढोका बन्द भयो भन्न
नहुने उहाँको भनाइ थियो । 'एउटा संसदले गरेको फैसला अर्को संसदले बदर
गर्न सक्छ ।'
आफू राजावादी भएको भन्दै उहाँले भन्नुभयो-'यसले विचारको ढोका बन्द गर्न
सक्दैन ।' संसदले हिन्दु राज्य अन्त्यको घोषणा नगरेको भन्दै उहाँले नेपाल
अहिले पनि हिन्दु राष्ट्र नै भएको दाबी गर्नुभयो । राजतन्त्र संसदले हटाए
पनि हिन्दू राष्ट्र नहटाएको उहाँले दाबी गर्नुभयो ।

No comments:

Post a Comment